एजेन्सी । घरेलु टोली आयरल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अफगानिस्तानले जितेको छ ।
शुक्रबार राति भएको अन्तिम तथा तेस्रो खेलमा ८ विकेटको जित निकाल्दै अफगानिस्तानले तीन खेलको सिरिजमा २ – १ ले कब्जा जमाएको हो ।
यसअघि पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल आयरल्याण्डले जितेको थियो ।
बेल्फास्टमा आयरल्याण्डले दिएको १२५ रनको लक्ष्य २३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अफगानिस्तानको जितमा इसानउल्लाह जनतले अविजित ५७ तथा हस्मतुल्लाह साहिदीले अविजित ३४ रन जोडे । यस्तै रहमत साहले ३३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३६ ओभर १ बलमा अलआउट हुँदै १२४ रन जोडेको थियो । आयरल्याण्डका ग्रे विल्सनले २३ रन जोड्दा एन्डी बलब्रिने र सिमि सिंहले समान १७/१७ रन जोडे ।
आयरल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यस्तै अफताब अलाम,मोहमद नाबी र गुल्बादीन नेइबले समान २/२ विकेट लिए ।
आयरल्याण्ड भ्रमणमा रहेको अफगानिस्तानले यसअघि टी-ट्वान्टी क्रिकेट सिरिज समेत जितेको थियो ।