काठमाडौं । न्यू स्टार झापा तेस्रो संस्करणको पाथिभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन चर्च व्वाइज युनाइटेडलाई पराजित गर्दै न्यु स्टार प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
ताप्लेजुङको भानु माध्यमिक विद्यालयमा भएको खेलमा न्यु स्टारले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउदै न्यू स्टारले फाईनल यात्रा तय ग¥यो ।
अन्तिम समयमा गोल गर्दै कप्तान सनम राईले न्यु स्टारलाई जित दिलाए ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका विशाल दर्जी घोषित भए ।
भोली शनिबार हुने फाइनलमा न्यू स्टारले राष्ट्रिय फुटबल टिमका पुर्व स्ट्राईकर कर्ण लिम्वु सम्मिलित रेड स्टार झापासंग प्रतिस्पर्धा गर्नेछ ।
१० टिम सहभागि प्रतियोगीताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।