एजेन्सी । इंग्ल्यान्डका पुर्व कप्तान डेभिड बेकह्यामले युरोपियन फुटबलको उच्च अवार्ड 'युईएफए प्रेसिडेन्ट्स अवार्ड' पाएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले बिहिबार राति बेकह्यामलाई 'युईएफए प्रेसिडेन्ट्स अवार्ड' प्रदान गरेको हो । युईएफएले फुटबलमा पुर्याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो बर्षको प्रेसिडेन्ट्स अवार्ड दिएको हो ।
युईएफएले विश्व फुटबलमा लामो समयबाट योगदान दिदै आएका पुर्व खेलाडीलाई यो अवार्ड दिने गर्छ ।
इंग्ल्यान्डमा लिजेण्ड बेकह्यामले इन्ग्लिश टोलीबाट ११५ खेल खेल्दै १५ गोल गरेका छन् । ४३ बर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।
बेकह्यामले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब एसी मिलान, फ्रेन्च क्लब पिएसजी र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेलेका थिए ।