एजेन्सी । रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच युरोपियन फुटबलको बर्ष मिडफिल्डर चुनिएका छन् ।
युरोपियन फुटबल एसोसियसन (युईएफए) ले बिहिबार प्ले मेकर मोड्रिचलाई 'युईएफए बर्ष मिडफिल्डर' घोषित गरेको हो ।
मोड्रिचले आफ्नै क्लब रियलका टोनी क्रुस र म्यानचेस्टर सिटीका केभिन डी ब्रुएनलाई पछि पार्दै अवार्ड जिते ।
रियल मड्रिडबाट गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेका मोड्रिचले क्रोएसियाको जर्सीमा विश्वकपको फाईनल खेलेका थिए ।