एजेन्सी । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले हाई पर्फमेन्स युनिटको मुख्य प्रशिक्षकमा टोबी राडफोर्डलाई नियुक्त गरेको छ ।
बीसीबीले बुधबार एक विज्ञप्ति निकाल्दै वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक राडफोर्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।
राडफोर्डलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको बीसीबीले जनाएको छ ।
४८ वर्षीय प्रशिक्षकको नेतृत्वमा बंगलादेशका खेलाडीले सेप्टेम्बर देखि अक्टोबरसम्म श्रीलंकामा विशेष प्रशिक्षण गर्ने बताईएको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको लेभल ४ प्रशिक्षक राडफोर्डले दुई पटक वेस्ट इन्डिज क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेका छन् ।
राडफोर्डले २०१२/१३ र २०१६ देखि १९ सम्म वेस्ट इन्डिज क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेका छन् ।
मिडिलसेक्स र ससेक्सबाट काउन्टी क्रिकेट खेलेका उनले इंग्ल्यान्डको यू-१५, यू-१७ र यू-१९ टिम हेरिसकेका छन् ।