काठमाडौं । सर्लाहीमा जारी प्रथम अन्तराष्ट्रिय लालबन्दी गोल्डकप फुटबलको फाइनलमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
राधाकृष्ण मैदानमा अपरान्ह ४ बजेबाट हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । युवा टिमको जमात रहेको पुलिसको यो सिजनको चौथो फाइनल यात्रा हो । पुलिसले यसअघि दमक गोल्डकप र नुवाकोट गोल्डकपको उपाधि जितेको छ ।
यता, एपीएफको भने यो पहिलो फाइनल यात्रा हो । एपीएफले रुस्लान थ्री स्टारलाई हराउदै फाइनल यात्रा तय गरेका हुन् । पुलिसले सेमिफाइनलमा झापा ११ लाई हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले सात लाख रुपैँया हात पार्नेछ ।