काठमाडौं । राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी अशिमजंग कार्की फुटबलमा फर्कने भएका छन् । चोटका कारण फुटबल छोडेर बसेका कार्की पुन खेलमा फर्कने निर्णय गरेका हुन् ।
डेढ बर्ष अगाडी सुरुङ्गा गोल्डकपको दौरान घुडाँमा चोट बोकेका कार्की पुन मैदानमा देखिने भएका छन् । चोटका कारण फुटबल छोडेर बसेका कार्की पुन खेलमा फर्कने निर्णय गरेका हुन् । जोर्नीमा चोट बोकेका थिए । चोट बोकेपछि उनले फुटबल छाड्ने निर्णय गरेका थिए ।
‘करिब डेढ बर्ष प्रतिक्षा गरे । धेरै साथि र प्रशंसकको प्रेरणाले फेरी मैदान फर्किने निर्णय गरेको छु ।’ उनले भने ‘फुटबलमा आफ्नो उत्कृष्ट दिन मन छ ।’
उनले चारबर्ष अगाडी समेत बाँया घुडाँको शल्यक्रिया गरेका थिए । उनले गत मंगलबार बयोधा हस्पिटलमा घुडाँको जर्नी शल्यक्रिया गराए । डा अभय यादव सहितको टिमले गरेको शल्यक्रिया सफल भएको थियो ।
एन्फा एकेडेमीका उत्पादन कार्कीले सन् २०१३ मा नेपालको अन्डर १९ राष्ट्रिय टिमको कप्तानी गरेका थिए । सन् २०१४ मा राष्ट्रिय फुटबल टिममा स्थान बनाएका कार्की नेपालबाट एशियन गेम्समा समेत सहभगिता जनाएका थिए ।