एजेन्सी । पाहुना टोलि पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ ।
साउथह्याम्पटनको द रोज बलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३२ रन जोडेको छ ।
जाक क्रलेले शतकीय इनिङ्स खेलेपछि शुक्रबार इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको हो ।
पहिलो टेस्ट शतक बनाएका क्रले १ सय ७१ रन बनाएर क्रिजमा रहेका छन् । जोस बट्लर ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दै क्रलेलाई साथ दिईरहेका छन् ।
यस अघि कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । रोरी ब्रुन्स ६ र ओली पोप ३ रनमा आउट भएपनि क्रले र बट्लरले इंग्ल्यान्डको इनिङ्स सम्हालिरहेका छन् ।
पाकिस्तानका यासिर शाहले २ तथा शहिन अफ्रिदीले १ विकेट लिए ।
दुई टिमबीचको यस टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ ।
तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
इंग्ल्यान्ड अन्तिम टेस्ट जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।
तर, पाकिस्तान अन्तिम टेस्ट जित्दै सिरिज बराबरी गर्न चाहन्छ ।
पहिलो टेस्टमा टेस्टमा इंग्ल्यान्डले ३ विकेटको जित निकालेको थियो । तर, वर्षाले प्रभावित दोस्रो टेस्ट ड्र भएको थियो ।