एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने तीन टिम संयुक्त अरब ईमिरेट्स (यूएई) पुगेका छन् ।
कोरोना कहरका कारण भारत बाहिर हुन लागेको आईपीएलका लागि किंग्स ईलेभेन पञ्जाब, कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स यूएई पुगेका हुन् ।
आईपीएलका ६० खेल यूएईका तीन शहर दुबई, अबुधाबी र शारजाहमा ५३ दिनसम्म चल्नेछ ।
प्रतियोगिता सेप्टेम्बर १९ बाट सुरु हुनेछ ।
खेलाडी उड्नु अघि कोरोना परिक्षण गरिएका थियो । यूएई पुगेका खेलाडी कम्तिमा ६ दिन एकान्तबासमा बस्नेछन् । र तेस्रो र छैटौ दिन कोरोनाको परिक्षण पुन गराउनेछन् ।
परिक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा खेलाडीले खेल स्थलमा अभ्यास गर्न पाउनेछन् ।
प्रतियोगिताको दौरान हरेक ५ दिनकाे अन्तरमा खेलाडी र सहयोगी स्टाफको कोरोना परिक्षण गरिनेछ ।
गत सिजनको च्याम्पियन मुम्बई ईन्डियन्स, चेन्नेई सुपर किंग्स र रोयर च्यालेन्जर्स बेंगलोरको टिम शुक्रबार यूएई पुग्ने कार्यक्रम रहेको छ ।
अन्य टिमहरु सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल्स अर्को हप्ताको अन्तिमसम्म यूएई पुग्ने छन् ।