काठमाडौं । राजधानीमा जारी पाँचौ कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको उपाधिको लागि श्री एअरलायन्स र सेन्चुरी बैंकले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कोटेश्वरस्थित अल्टिमेट इन्डोरमा बिहिबार भएको पहिलो सेमीफाइनलमा श्री एअरलायन्सले जनता बैंकलाई १३ रनले हराएर फाइनल यात्रा तय गर्यो ।
पहिले ब्याटिङ गरेको जनताले १२१ रन बनाएको थियो । जवाफमा श्रीले निर्धारित १२ ओभरमा १३४ रन बनायो ।
यस्तै दोस्रो सेमिफाइनलमा सिटिजन्स बैंकलाई ५८ रनले हराएर सेन्चुरीले फाइनलमा श्री एयरलायन्ससंगको भेट पक्का गर्यो ।
पहिले ब्याटिङ गरेको सिटिजन्सले ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सेन्चुरीले निर्धारित १२ ओभरमा १४७ रन बनाउदै फाइनलमा स्थान पक्का गर्यो ।