एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) राति दोस्रो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र ट्रिनबागोबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ ।
ट्रिनबागोविरुद्ध मैदान उत्रदा जमैका लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो ।
ट्रिनबागो पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
जमैका १ खेलमा २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको ट्रिनबागो तेस्रो स्थानमा रहेको छ ।
सन्दीप ट्रिनबागोविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
पहिलो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका थिए ।
सन्दीपले जमैकाबाट पहिलोपटक खेलिरहेका हुन् ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भईरहेको छ ।