एजेन्सी । बंगलादेश यू-१९ क्रिकेट टोलीका सदस्य इफ्तेखर हुसेनलाई कोरोनाको संक्रमण देखिएको छ ।
शेर बंगला नेसनल स्टेडियममा सोमबार गरिएको परिक्षणमा हुसेनलाई कोरोना पोजेटिभ देखिएको हो ।
टिमको प्रशिक्षण सुरु गर्नु अघि गरिएको परिक्षणमा हुसेनलाई कोरोना देखिएको हो ।
बंगलादेशले यू-१९ टोलीको प्रशिक्षण अगस्ट २३ बाट हुनेछ ।
पछिल्लो पटक १५ खेलाडीमा परिक्षण गर्दा हुसेनलाई मात्र कोरोना देखिएको हो ।
यस अघि अगस्ट १६ मा गरिएको १५ खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
बोर्डले कोरोना देखिएका खेलाडी पूर्ण रुपमा स्वस्थ्य रहेको र आइसोलेसनमा रहेको जनाएको छ ।