काठमाडौं । एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालसामु जितका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।
तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।
यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे ।
उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।
त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए ।
नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २\२ विकेट लिए ।
एसिया कप छनाेटकाे नजिक पुग्न नेपाललाई अाजकाे खेल जित्नै पर्ने दबाब छ ।