काठमाडौं । एसिया कप छनोट अन्तर्गत युएईविरुद्धको जारी खेलमा नेपाललाई आठौं विकेटको सफलता मिलेको छ ।
सन्दीप लामिछानेले ४५ ओभरको चौथो र पाँचौ बलमा लगातार दुई विकेट लिंदै युएईको आठौं विकेट पतन गराएको हो । चौथो बलमा सन्दीपले अब्दुल शेर महमदलाई १० रनमा आउट गरे । पाँचौ बलमा सन्दीपले अहमद नाभिदलाई सुन्य रनमा पेभेलियन फर्काए ।
टस हारेर ब्याटिङ्ग गरिरहेको युएईले ४७ ओभरको समाप्तिमा ८ विकेट गुमाएर २२६ रन जोडेको छ ।