काठमाडौं । एसिया कप छनोटमा नेपालविरुद्धको खेलमा युएईले २ सय रन पार गरेको छ ।
ओपनर चिराग सुरीको ६५ रनको सहयोगमा युएईले २ सय रन पार गर्न सफल भएको छ । त्यस्तै अर्को ओपनर मोहमद अहमेदले समेत ४५ रन बनाएका थिए । उनले पहिलो विकेटकालागि चिरागसंग मिलेर ७० रनको साझेदारी गरेका थिए ।
त्यस्तै रामेज साहजादले ३५ रनको योगदान गरेका थिए । रोहन मुस्ताफा १ रन बनाएर आउट भए ।
४३ ओभरमा २ सय रन कटाएसंगै युएई उच्च स्कोरतर्फ अघि बढेको छ । ७ ओभरको खेल बाँकी हुदाँ युएईसंग अझै ४ विकेट बाँकी छ ।
नेपालका बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २÷२ विकेट लिएका छन् । सोमपाल कामीको नाममा एक विकेट छ ।