काठमाडौं । एसिया कप छनोटको दोस्रो खेलमा नेपालविरुद्ध उत्रिएको युएईले सय रन पुरा गरेको छ । किनरारा ओभरमा युएईले १९ ओभरको खेलका समाप्तिमा दुई विकेट गुमाएर सय रन कटाएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले उत्कृष्ट सुरुवात ग¥यो । उसले पहिलो विकेटकालागि ७० रनको साझेदारी गरेको थियो ।
असर्फ अहमेदले चिराग सुरीसंग मिलेर पहिलो विकेटकालागि सो रनको साझेदारी गरेका थिए । तर लगत्तै उसले दुई विकेट गुमाउन पुग्यो ।
युएईलाई दबाबमा राख्दै नेपालका दुई स्पिनरले महत्वपुर्ण विकेट लिए । अर्धशतक बनाउन अघि बढेका असर्फलाई बसन्त रेग्मीले बोल्ड गरे । रोहन मुस्ताफालाई सन्दिपले पारस खड्काको हातबाट क्याच गराए ।
दुवै टोली जित हात पार्दै अघिल्लो उपाधि यात्रालाई सहज बनाउन चाहन्छन् । छनोटको विजेता टोलीले एसिया कप खेल्नेछ ।