एजेन्सी । इरानले विश्वकप फुटबल प्रतियोगिताको खेल सार्वजनिक स्थानमा हेर्न प्रतिबन्ध लगाएको छ । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउमा आयोजना गरिएको कार्यक्रम स्थगित गराईएको छ ।
यसअघि मुस्लिम गणतन्त्रको राजधानीका पार्क र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रम आयोजना गरिएको थियो । देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका थिए ।
तेहरानको अजादी रंगशालाका अधिकारीले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको थियो । तर, अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको छ । कार्यक्रम रद्द हुने कारण भने खुलाईएको छैन् ।
रुस विश्वकपमा इरान समूह बी मा रहेको छ । इरानले शुक्रबार राति मोरक्कोलाई १ - ० ले हराउदै विजयी सुरुवात गरेको छ ।