काठमाडौं । नेपाली उमेर समूहका पूर्व क्रिकेटर पवन दासलाई कोरोना संक्रमण देखिएको छ ।
दासले शनिबार सामाजिक संजाल फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण भएको बताएका छन् ।
आफुलाई कोरोना देखिएको बताउँदै दासले साउन १५ बाट आफुसँग सम्पर्कमा आएका व्यक्तिलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।
'कोरोना पोजेटिभ देखिएको छ । मसँग १५ गतेपछी सम्पर्कमा आउनु भएका सुरक्षित बस्नु होला र अरुलाई पनि सुरक्षित राख्नु होला । हामी अवश्य जित्नेछौं,' दासले फेसबुकमा लेखेका छन् ।
पूर्व खेलाडी दासले सन् २००२ मा यू-१५ र सन् २००४ मा यू-१७ नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए ।
अन्तिम पटक दासले गत वर्ष सप्तरीमा सम्पन्न सप्तरी प्रिमियर लिगमा बोदे बर्साईन थन्डर्सको प्रतिनिधित्व गरेका थिए ।