एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो टेस्टमा घरेलु टिम इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको छ ।
म्यानचेस्टरमा शनिबार आफ्नो दोस्रो इनिङ्समा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको हो ।
ओल्ड ट्राफोर्डमा पाकिस्तान दोस्रो इनिङ्समा इंग्ल्यान्डका बलरसामु खुलेर खेल्न सकेन ।
पाकिस्तानका लागि यासिर शाहले सर्वाधिक ३३ रन बनाए । यस्तै असाद शाकिबले २९ तथा मोहमद रिजवानले २७ रन बनाए ।अबिद अली २० रनमा पेभेलियन फर्किए ।
इंग्ल्यान्डका स्टुवार्ड ब्रोडले ३ विकेट लिए । बेन स्टोक्स र क्रिस वोक्सले २/२ विकेट लिए ।
यस अघि पाकिस्तानले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।
पाकिस्तानको उच्च योगफलमा शान मासुदले शतकीय इनिङ्स खेले । ३ सय १९ बलको सामना गरेको मासुदले १ सय ५६ रन बनाए ।
यस्तै बाबर आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा शादब खानले ४५ रन बनाए । अबिद अलिले १६ जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्यान्डका जोफ्रा आर्चर र स्टुवार्ड ब्रोडले ३/३ विकेट लिए । यस्तै क्रिस वोक्सले २ विकेट लिए ।
पहिलो इनिङ्समा इंग्ल्यान्ड भने सस्तैमा अलआउट भएको थियो ।
इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय १९ रन जोड्दा अलआउट भएको थियो ।
पाकिस्तान बलर चम्किएपछि इंग्ल्यान्डका ओली पोपले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।
इंग्ल्यान्डका जोस बट्लर ३८ तथा स्टुवार्ड ब्रोड २९ रनमा अविजित रहे ।
पाकिस्तानका यासिर शाहले ४ विकेट लिए । यस्तै मोहमद अब्बास र शादब खानले २/२ विकेट लिए ।