एजेन्सी । वेल्सका अन्तराष्ट्रिय स्ट्राईकर हल रोब्सन कानुले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
कानु र डिफेन्डर निल टेलरले वेल्सले खेल्ने रिपब्लिक अफ आयरल्याण्ड र डेनमार्कविरुद्धको खेलमा अनुपस्थित रहेका थिए ।
राष्ट्रिय टिमको घोषणा भएलगत्तै वेष्ट ह्यामका २९ बर्षिया फरवार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले वेल्सबाट ४४ क्याप खेले । जसमा ५ गोल गरे । दुई गोल युरो कपमा समेत गरेका थिए । बेल्जियमलाई पराजित गर्ने क्रममा उनले गरेको दोस्रो गोलले निकै चर्चा कमाएको थियो । क्वार्टरफाईनलमा वेल्सले बेल्जियममाथि ३-१ ले जितेको थियो ।
‘मैले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेको छु । धेरै सोचेर मैले यो निर्णय लिएको छु । घर, परिवारलाई समय उपलब्ध गराउदै क्लब फुटबल करियरलाई अघि बढाउन निर्णय उपयुक्त हुने विश्वास लिएको छु ।’ उनले भनेका छन् ।