एजेन्सी । भारत सरकारले ईन्डियन प्रिमियर लिग (आईपीएल) देश बाहिर लैजान भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई अनुमति दिएको छ ।
आईपीएलको १३ औं संस्करण आगामी १९ सेप्टेम्बरबाट यूएईमा सुरु हुदैछ ।
आईपीएलमा सहभागी हुने ८ टिमका खेलाडी र सहयोगी कर्मचारीले कोरोना जाँचको प्रोट्रोकल र एकान्तवासको तयारी सुरु गरेका छन् ।
बीसीसीआईका एक अधिकारीका अनुसार लिखित अनुमती भने केही दिनपछि मात्र प्राप्त हुनेछ ।
‘शैद्धान्तिक रुपमा अनुमती प्राप्त गरेका छौ । लिखित अनुमती समेत प्राप्त भैहाल्छ ।’ एक अधिकारीले भने ।
धेरै फ्रेन्चाईज टिम बीसीसीआईको निर्देशन अनुसार अगष्ट २० मा यूएई प्रस्थान गर्नेछन् ।
चेन्नेई सुपर किंग्स अगष्ट २२ मा यूएई प्रस्थान गर्ने तयारी गरेको छ । मुम्बई ईन्डियन्सले आफ्ना भारतीय खेलाडीलाई आफ्नै आधारमा एकान्तवासमा राखिदिएको छ ।
केही फ्रेन्चाईज टिमले खेलाडीको सम्बन्धित शहरमा कोरोना परिक्षणको व्यवस्था गरिरहेका छन् । परिक्षण पश्चात खेलाडीहरु मुख्य शहरमा निस्कनेछन् ।