एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा पाकिस्तानले बलियो योगफल तयार गरेको छ ।
म्यानचेस्टरमा बिहीबार पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २६ रन बनाएको छ ।
ओल्ड ट्राफोर्डमा वर्षा र खराब प्रकाशका कारण चाँडो इनिङ्स समाप्ति हुँदा पहिलो दिन पाकिस्तानले २ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो ।
दोस्रो दिन भने पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्यो ।
पाकिस्तानको उच्च योगफलमा शान मासुदले शतकीय इनिङ्स खेले । ३ सय १९ बलको सामना गरेको मासुदले १ सय ५६ रन बनाए ।
यस्तै बाबर आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा शादब खानले ४५ रन बनाए । अबिद अलिले १६ जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्यान्डका जोफ्रा आर्चर र स्टुवार्ड ब्रोडले ३/३ विकेट लिए । यस्तै क्रिस वोक्सले २ विकेट लिए ।
दुई टोलीबीच तीन खेलको टेस्ट सिरिज हुनेछ । कोरोनाको महामारीपछि इंग्ल्यान्डको यो दोस्रो टेस्ट सिरिज हो ।
यस घि इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको सिरिज जितेको थियो ।
पाकिस्तान भने पहिलो सिरिज खेल्न इंग्ल्यान्ड आएको हो ।