एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) दौरान कोरोना भाईरसबाट जोगिनका लागि स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको छ ।
युएईमा आयोजना हुने यस वर्षको आईपीएलका लागि बीसीसीआईले स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गरेको हो ।
बीसीसीआईले १६ पेजको स्वास्थ्य र सुरक्षाको प्रोटोकल तयार गर्दै फ्रेन्चाईज टिमलाई पठाएको छ ।
हरेक टिमले प्रतियोगिताका लागि युएई जानु अघिदेखि प्रतियोगिता सकिएसम्म स्वास्थ्य र सुरक्षाको प्रोटोकलको पालना गर्नु पर्नेछ ।
बीसीसीआईले तयार गरेको प्रोटोकल अनुसार हरेक टिमसँग एक डाक्टर हुनु पर्नेछ । र, स्वास्थ्य सम्बन्धि गाइडलाइन पालना गर्नु पर्नेछ ।
खेलाडीले, स्टाफ सबैले मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
हरेक टिमले खेलाडीलाई चार्टर उडानबाट युएई लैजानु पर्नेछ । उडानको दौरान समेत खेलाडीएल सामाजिक दुरी कायम राख्नु पर्नेछ ।
युएई जानु अघि हरेक व्यक्तिको कोरोना परिक्षण गर्नु पर्नेछ । युएई पुगिसकेपछि पनि कोरोना परिक्षण गराउनु पर्नेछ ।
यस वर्षको आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।
एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो ।