एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानले मध्यम सुरुवात गरेको छ ।
म्यानचेस्टरमा पहिलो दिनको खेल सकिदा बुधबार पाकिस्तानले २ विकेट गुमाएर १ सय ३९ रन जोडेको छ ।
वर्षा र खराब प्रकाशका कारण ४९ ओभर मात्र खेलिएपनि पाकिस्तानले ठोस सुरुवात भने गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवात गरेपनि बाबर आजम र शान मासुदले टिमको इनिङ्स उकासेका थिए ।
अबिद अलीलाई पहिलो विकेटको रुपमा १६ रनमा गुमाएको पाकिस्तानले कप्तान अजहर अलीलाई सुन्य रनमा गुमाएको थियो ।
तर, क्रिजमा रहेका आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दै पाकिस्तानलाई सम्हालिरहेका छन् ।
यस्तै ४६ रन बनाएर मासुदले आजमलाई साथ दिईरहेका छन् ।
इंग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वोक्सले १/१ विकेट लिए ।
दुई टोलीबीच तीन खेलको टेस्ट सिरिज हुनेछ । कोरोनाको महामारीपछि इंग्ल्यान्डको यो दोस्रो टेस्ट सिरिज हो ।
पाकिस्तान भने पहिलो सिरिज खेल्न इंग्ल्यान्ड आएको हो ।