एजेन्सी । भारतीय कप्तान विराट कोहली र उप कप्तान रोहित शर्माले आईसीसी एक दिवसीय वरियताको शीर्ष स्थान कब्जा गरेका छन् ।
आईसीसीले बुधबार जारी गरेको ब्याटिङतर्फ एकदिवसीय वरियतामा विराट पहिलो र रोहित दोस्रो स्थानमा रहेका छन् ।
कोहली ८ सय ७१ अंक सहित शीर्ष स्थानमा यथावत रहे । रोहित ८ सय ५५ अंक सहित दाेस्राे र पाकिस्तानका बाबर आजम ८ सय २९ अंक सहित तेस्रो स्थानमा रहे ।
बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट पहिलो र भारतका जसप्रीत बुमराह ७ सय १९ अंक सहित दोस्रो स्थानमा रहे ।
ब्याटिङतर्फ आयरल्याण्डका कप्तान एन्ड्रयू बालबर्नी साउथह्याम्टनमा ईग्ल्याण्डबिरुद्ध अन्तिम खेलमा १ सय १३ रनको पाली खेल्दै चार स्थान सुधार गर्दै ४२ औं स्थानमा रहे ।
उपकप्तान पाल स्टर्लिङ १ सय ४२ रनको ईनिङ्स सहित २६ औं स्थानमा रहे । पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी एक स्थान तल झर्दै ६ सय ३३ अंक सहित २७ औं स्थानमा रहे ।
धोनीले पछिल्लो खेल जुलाई १० मा एकदिवसीय विश्वकपमा सेमिफाईनलमा न्युजिल्याण्डबिरुद्ध खेलेका थिए ।
बलिङतर्फ आयरल्याण्डका बलर क्रेग एंगले ४० अंक बटुल्दै करियरको सर्वोकृष्ट ८९ औं स्थानमा पुगेका छन् । यस्तै, मार्क एडेर ६ अंक बटुल्दै १ सय ३८ औं स्थानमा रहे । जोशुआ लिटिल ३८ अंक सुधार गर्दै १ सय ४६ औं स्थानमा रहे । श्रृंखला ईग्ल्याण्डले २–१ ले जितेको थियो ।
ईङ्ल्याण्डका कप्तान इयोन मार्गेनले अन्तिम एक दिवसीयमा शतक प्रहार गरे । उनले एक अंक जोड्दै २२ औ स्थानमा आए । जोनी बेयरस्टो एक अंक सुधार गर्दै १३ औं स्थानमा उक्लिए । ईग्ल्याण्डको बलिङतर्फ स्पिनर आदिल राशिद २९ बाट २५ औं स्थानमा उक्लिए ।