एजेन्सी । इंग्ल्यान्डका एकदिवसीय कप्तान इयान मोर्गनले भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमान भङ्ग गरेका छन् ।
मोर्गनले कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।
मंगलबार राति आयरल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलसँगै मोर्गनले धोनीको कीर्तिमान भङ्ग गरेका हुन् ।
मोर्गनले कप्तानको रुपमा २ सय १२ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । मोर्गनले १ सय ६३ खेलमा उक्त छक्का प्रहार गरेका हुन् ।
यस अघि धोनीले ३ सय ३२ खेलमा २ सय ११ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए ।
कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो खेलाडी अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ रहेका छन् । उनले १ सय ७१ छक्का प्रहार गरेका छन् ।
न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम १ सय ७० छक्कासहित चौंथो स्थानमा रहेका छन् ।
यद्दपी तीन वटै फर्म्याटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान भने धोनीको नाममा रहेको छ ।
धोनीले ३ यस ५९ छक्का प्रहार गरेका छन् । मोर्गनले ३ सय २८ छक्का प्रहार गरेका छन् ।