काठमाडौं । एसिया कप छनोटमा नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ ।
नेपालकालागि कप्तान पारस खड्काले पहिलो विकेट लिएका छन् । उनले ओपनर लियसको विकेट लिएका छन् ।
२ सय २२ रनको लक्ष्य पछ्याएको ओमानले १० ओभरको समाप्तिमा १ विकेटले गुमाएर ४१ रन बनाएको छ ।