काठमाडौं । एसिया कप छनोटमा नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य सहित ओमान जवाफी ब्याटिङमा उत्रिएको छ ।
बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।
नेपालको पालीमा सागर पुनले ८३ रनको योगदान दिए । पुछारका ब्याट्सम्यान रोहितले १० बलमा २६ रन प्रहार गर्दै नेपालको लक्ष्यलाई बलियो बनाउन मदत गरे ।
ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएको खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए । पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके । आरिफ शेख ३६, रोहितकुमार पौडेल शुन्य, सोमपाल कामी ५ रनमा आउट भए ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै दुवै टोली उपाधि यात्रालाई सहज बनाउन चाहन्छन् । प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ ।
एकदिवसीय क्रिकेटमा ६ पटक ओमानविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले पाँच बर्षयता उसलाई हराउन सकेको छैन ।
पछिल्ला ६ भेटमा नेपाल र ओमानले समान ३\३ पटक जित निकालेका छन् । नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो ।
मा ओमानलाई हराएको थियो ।