काठमाडौं । छैटौ विकेटको रुपमा नेपालले रोहितकुमार पौडेललाई शुन्य रनमा गुमाएको छ । छैटौ नम्बरमा व्याटिङ गर्न आएका रोहित ओमानका लालचेटाको बलमा बोल्ड भए ।
योसंगै नेपालले ४८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको छ ।
ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएको खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए । पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै दुवै टोली उपाधि यात्रालाई सहज बनाउन चाहन्छन् । प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ ।