काठमाडौं । एसिया कप छनोट अन्तर्गत ओमानविरुद्ध नेपालले १०० सय रन पुरा गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०२ रन बनाएको हो ।
नेपाली टोलीको ब्याटिङ लाइन सागर पुन र आरिफ शेखले सम्हालिरहेका छन् । सागरले ४१ बल खेल्दै २२ रन जोडेका छन् । त्यस्तै आरिफले ४२ बलमा १३ रन जोडेका छन् ।
यसअघि नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन ५ रनले चुकेका थिए । ज्ञानेन्द्रले ६० बलमा ६ चौका र एक छक्काको मद्दतमा ४५ रन जोडेर आउट भए ।
यस्तै दिपेन्द्र सिंह ऐरि १६ बलमा ९, कप्तान पारस खड्का २४ बलमा ८ र ओपनर सुवास खकुरेल १५ बलमा ४ रन जोडेर पेभेलियन फर्किए ।