काठमाडौं । एसिया कप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई ९ रनमा गुमाएको हो ।
यसअघि नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४५, कप्तान पारस खड्कालाई ८ र सुवास खकुरेललाई ४ रनमा गुमाएको थियो ।