काठमाडौं । एसिया कप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र १६ ओभर ६ बलमा ज्ञानेन्द्र ४५ रन बनाएर आउट भए । ज्ञानेन्द्र अर्धशतक बनाउन ५ रनले चुके ।
यसअघि दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई नेपालले गुमाएको थियो ।
कप्तान पारस ८ रनमा एल्बिडब्ल्युको शिकार भए ।
त्यस्तै नेपालले सुवास खकुरेल पहिलो विकेटको रुपमा गुमाएको थियो ।
बायुमास ओभलमा सुवास ४ रन बनाएर आउट भए । आठौं ओभरको पहिलो बलमा सुवास रन आउट भए ।
क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।