एजेन्सी । पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लागेको प्रतिबन्ध घटेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गत बैशाखमा अकमललाई क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको थियो ।
तर, पाकिस्तानको सर्वोच्च अदालतले बुधबार अकमलको प्रतिबन्धलाई डेढ वर्षमा घटाउने फैसला गरेको छ ।
न्यायाधिस फकीर मोहम्मद खोखरले अकमलको प्रतिबन्ध घटाउने फैसला गरेको हो ।
अदालतको फैसलासँगै उनको प्रतिबन्ध अब २०२१ को अगष्टमा सकिनेछ ।
पीसीबीले ब्याट्सम्यान अकमललाई म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध गरेको थियो । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको भन्दै बोर्डले उनलाई प्रतिबन्ध गरेको हो ।
यस अघि पीसीबीले उनलाई गत फेब्रुवरीमा निलम्बन गरेको थियो ।
२९ वर्षे अकमलले पाकिस्तानका लागि १६ टेष्ट, १ सय २१ एकदिवसीय र ८४ टी-ट्वान्टी खेलेका छन् ।