काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा नेपालले केहि बेरमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । र, ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
बायुमास ओभलमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो । ओमानविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा छ । नेपालको लक्ष्य उच्च स्कोर बनाउनु हुनेछ ।
ओमान पनि नेपालविरुद्ध जितको खोजीमा हुनेछ । पहिलो जित दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको छ । यस्तोमा दुवै टोली जितका लागि सबै हतियार प्रयोग गर्न चाहन्छ ।
पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन । एकदिवसीय क्रिकेटमा ६ पटक भिडेपनि नेपालले पछिल्लो पाँच बर्षयता ओमानलाई हराउन सकेको छैन । तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।
नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो । आईसिसी विश्व क्रिकेट लिग डिभिजन -३ मा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता ओमानले नेपाललाई लगातार तीन भेटमा हराएको छ ।
नेपाल भर्सेस ओमान (हेड टु हेड)
सन् २०१८ (विश्व क्रिकेट लिग डिभिजन-२) : ओमान ६ विकेटले विजयी
सन् २०१५ (मैत्रीपूर्ण खेल) : ओमान ३ विकेटले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग) : ओमान २ विकेटले विजयी
सन् २०१३ (विश्व क्रिकेट लिग डिभिजन-३) : नेपाल २८ रनले विजयी
सन् २०१० (एसीसी एलिट कप ट्रफी ) : नेपाल ६ विकेटले विजयी
सन् २००२ (एसीसी ट्रफी) : नेपाल १०५ रनले विजयी