एजेन्सी । घरेलु टोलि इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो इनिङ्समा वेष्ट इन्डिजले खराब ब्याटिङ गरेको छ ।
म्यानचेस्टरमा जारी टेष्टको तेस्रो दिन आइतबार वेष्ट इन्डिज पहिलो इनिङ्समा १ सय ९७ रनमा अलआउट भएको छ ।
घरेलु टोलीका बलर चम्किएपछि वेष्ट इन्डिजको ब्याटिङ धरासायी बनेको हो । र, पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ७२ रनको अग्रता बनाएको छ ।
वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले सर्वाधिक ४६ रन बनाए । यस्तै शेन डरिचले ३७ रन जोड्दा जोन क्याम्पबेलले ३२ रन बनाए ।
जेर्मिने ब्लाकवुड २६ रनमा आउट भए ।
वेष्ट इन्डिजको इनिङ्स ध्वस्त बनाउन इंग्ल्यान्डका स्टुवार्ट ब्रोड एक्लैले ३१ रन खर्चिएर ६ विकेट लिए । जेम्स एण्डरसनले २ तथा जोफ्रा आर्चर र क्रिस वोक्सले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३ सय ६९ रनमा अलआउट भएको थियो ।
ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले १ रन जोड्दा ओपनर डोम सिब्लीलाई सुन्य रनमा गुमाएको थियो । ४७ रन जोड्दा कप्तान जोय रुटलाई १७ रनमा गुमाएको इंग्ल्यान्डले बेन स्टोक्सलाई पनि २० रनमा गुमाएको थियो ।
यस्तै टिमको स्कोर १ सय २२ रन हुँदा इंग्ल्यान्डले चौंथो विकेटको रुपमा रोरी ब्रुन्सलाई ५७ रनमा गुमाएको थिए ।
तर, ओली पोप र जोस बट्लरले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स उकासेका थिए ।
पोप ९१ र बट्लर ६९ रन बनाएर आउट भए । यस्तै स्टुवार्ड बोर्डले ६२ रन जोड्दा डम बेस १८ रनमा अविजित रहे ।
वेष्ट इन्डिजका केमार रोचले ४ विकेट लिए । शानन ग्राबियल र रोस्टन चेसले २/२ विकेट लिए ।
दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो ।
तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।