एजेन्सी । वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट भएको छ ।
म्यानचेस्टरमा शनिबार इंग्ल्यान्ड ३ सय ६९ रन जोड्दा अलआउट भएको हो ।
ओल्ड ट्राफोर्डमा ४ विकेटको क्षतिमा २ सय ५८ रनबाट दोस्रो दिनको ब्याटिङ थालेको इंग्ल्यान्डले थप १ सय ११ रन जोड्दा सबै विकेट गुमाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १ रन जोड्दा ओपनर डोम सिब्लीलाई सुन्य रनमा गुमाएको थियो । ४७ रन जोड्दा कप्तान जोय रुटलाई १७ रनमा गुमाएको इंग्ल्यान्डले बेन स्टोक्सलाई पनि २० रनमा गुमाएको थियो ।
यस्तै टिमको स्कोर १ सय २२ रन हुँदा इंग्ल्यान्डले चौंथो विकेटको रुपमा रोरी ब्रुन्सलाई ५७ रनमा गुमाएको थिए ।
तर, ओली पोप र जोस बट्लरले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स उकासेका थिए ।
पोप ९१ र बट्लर ६९ रन बनाएर आउट भए । यस्तै स्टुवार्ड बोर्डले ६२ रन जोड्दा डम बेस १८ रनमा अविजित रहे ।
वेष्ट इन्डिजका केमार रोचले ४ विकेट लिए । शानन ग्राबियल र रोस्टन चेसले २/२ विकेट लिए ।
दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो ।
तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।