काठमाडौं । ई-सेवा र मुक्तिनाथ विकास बैंकले पाँचौ कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
समूह 'ए' बाट ई-सेवाले विजेता र मुक्तिनाथ उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
यस्तै समूह 'बि' बाट बिजेता सिटिजन्स र उपविजेता जनता बैंकले क्वाटरफाइनलमा स्थान बनाउदा समूह 'सी' बाट बिजेता एनएमबि र उपविजेता डब्लुडब्लुएफले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
यस्तै समूह 'डी' बाट बिजेता सेन्चुरी र उपविजेता श्री एअरलायन्सले क्वाटरफाइनलमा स्थान बनायो ।