एजेन्सी । क्रिस्टियानो रोनाल्डो जुनियरले यभेन्ट्सको युथ एकेडेमीमा प्रशिक्षण सुरु गरेका छन् ।
पिता रोनाल्डोसंगै ईटालीको टुरिन पुगेका जुनियर रोनाल्डोले क्लबको अन्डर ९ टिममा अभ्यास सुरु गरेका हुन् । उनले भिनोभो मैदानमा अभ्यास गरेका थिए ।
पोर्चुगलका स्टार रोनाल्डोले सिरि ए क्लब जाने निर्णय गरेसंगै पुरै परिवारलाई समेत उतै लगेका छन् । रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज समेत जुनियर रोनाल्डोको अभ्यासमा सहभागि भएकी थिईन् ।
रोनाल्डोले आफ्नो छोराको प्रशंसा गर्दै उनको खेलबाट आफु प्रभावित भएको बताएका थिए ।
‘उनी निकै प्रतिस्पर्धी देखिन्छन् । उनी म जस्तै छन्, जस्तो म बच्चामा थिए । उनी हार्न चाहदैनन् ।’ छोराको प्रशंसा गर्दै रोनाल्डोले भनेका छन् ।
‘उनी म जस्तै बन्नेछन् । म सतप्रतिशत ढुक्क छु ।’ उनले भने ।