एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर लोरिस क्यारियास टर्किस क्लब बेसिक्टास पुगेका छन् ।
लिभरपुलले गोलकिपर क्यारियासलाई लोनमा बेसिक्टास पठाएको हो । जर्मन गोलकिपर २५ बर्षीय क्यारियासलाई दुई बर्षको लागि लोनमा पठाएको हो ।
लिभरपुलले यसै सिजन ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई भित्र्याएपछि क्यारियासलाई लोनमा पठाउने निर्णय गरेको हो ।
क्यारियासले गत सिजनको च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलबाट खेलेका छैनन् । युक्रेनको किभमा गत मे २६ मा भएको च्याम्पियन्स लिगको फाइनलमा क्यारियासले केहि गल्ती गर्दा रियल मड्रिडले लिभरपुललाई ३ – १ ले हराएर उपाधि जितेको थियो ।
सन् २०१६ मा लिभरपुलमा अनुबन्धित भएपछि क्यारियासले लिभरपुलबाट ४९ खेल खेलेका छन् । तर, च्याम्पियन्स लिगको गल्तिपछि लिभरपुलले क्यारियासलाई कुनैपनि खेल खेलाएको थिए ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बेसिक्टास क्यारियासको लागि उपयुक्त हुने बताएका छन् । 'क्यारियासलाई हामीले विदाई गर्यौं र उनी यसका लागि तयार छन्,' क्लोपले भनेका छन्, 'मेरो विचारमा उनका लागि यो धेरै राम्रो हो । क्यारियास आफ्नो उमेरका राम्रा खेलाडी हुन् ।'