एजेन्सी । जोसे माउरिन्हो मिडियाका लागि ‘हट केक’ हुन् । युरोपेली क्लब फुटबलका हाई प्रोफाईल प्रशिक्षकलाई मिडियामा कसरी छाउन पर्छ भन्ने राम्रो ज्ञान छ ।
माउरिन्हो अहिले इङ्ल्याण्डमा छन्, ओल्ड ट्राफोर्डको ‘हट सिट’मा । तर, उनका दिन असहज छन् । क्लबका पदाधिकारसंग उनको जमेको छैन् ।
नयाँ सिजन क्लबमा आफुले चाहेका खेलाडी भित्राउन नपाएपछि उनी बौरिएका छन् । म्यान्चेष्टर युनाईटेड त्यसैपनि कमजोर होईन । त, प्रिमियर लिगका सुरुवाती तीन खेलमा उसले दुई खेल गुमाएको छ ।
सोमबार राति युनाइटेडले टोटेनहमसंग हार्यो । त्यो पनि लज्जास्पद तरिकाले । घरेलु मैदानमा माउरिन्होले ब्याहोरेको ठुलो हार मध्य एक होे, टोटनहमविरुद्धको हार ।
दोस्रो हाफमा ३ गोल खाएपछि पत्रकार सम्मेलनमा माउरिन्हो सञ्चारकर्मीमाथि खनिए । उनले पत्रकारलाई सम्मान दिन माग गरे ।
‘अरु १९ प्रशिक्षकले भन्दा मैले धेरै प्रिमियर लिगको उपाधि जितेको छु ।’ उनले भने, ‘तीन मैले र अरुले दुर्इ ।’
त्यसपछि उनले सम्मानको माग गरे अनि पत्रकार सम्मेलनबाट बाहिर निस्के ।
ह्यारी केनको हेड र लुकास माउराको दुई गोलका मदतले ओल्ड ट्राफोर्डमा टोटेनहमले सतप्रतिशत जित आत्मसात गर्यो ।
पत्रकार सम्मेलनमा माउरिन्हो ३० मिनेट अगाडीनै पुगेका थिए । आफ्ना कार्यकारी उपाध्यक्ष ईड उडवर्डसंगको सम्बन्धको बचाउ गरे अनि ४ मिनेट १९ सेकेन्डमा बाहिर निस्के ।
प्रिमियर जित्ने उद्धेश्य सहित ओल्ड ट्राफोर्ड भित्रिएका माउरिन्होले प्रिमियर लिगमा कमाल देखाउन सकेका छैनन् ।