एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले जितेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई २९ रनले हराएको हो ।
बेल्फास्टमा अफगानिस्तानले दिएको २२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली आयरल्याण्ड ४८ ओभर ३ बलमा अलआउट हुँदै १९८ रनमा समेटियो । आयरल्याण्डका लागि एन्डी बलब्रिनेले ५५ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै आयरल्याण्डका ग्रे विल्सनले ३८ तथा केभिन ओ ब्रुयनले २२ रन बनाए । अफगानिस्तानका अफताब अलाम,मोहमद नाबी र राशिद खानले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो । अफगानिस्तानको लागि गुल्बादीन नाइबले ६४ तथा हस्मतुल्लाह साहिदीले ५४ रनको अर्धशतकीय इनिङस खेले ।
त्यस्तै उसका लागि राहमत शाहले २९ रन जोड्दा कप्तान अस्घर अफघानले २५ रन बनाए । आयरल्याण्डका टिम मुर्ताघले ४ तथा बोयड रान्किनले ३ विकेट लिए ।
यो जितसंगै अफगानिस्तानले ३ खेलको सिरिजमा १ - ० को अग्रता बनाएको छ ।