एजेन्सी । इटालियन सिरी ए फुटबलमा रोमाले उत्कृष्ट पुनरागमन गर्दै एटलान्टासंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा रोमाले एटलान्टासंग ३ - ३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
आधा दर्जन गोल निस्केको खेलमा रोमाले २ गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता पनि घरेलु टोलीले नै बनाएको थियो ।
खेलको दोस्रो मिनेटमै जाभियर पास्टोले गोल गर्दै रोमालाई १ - ० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा रोमा ३ - १ ले पछि परेको थियो ।
खेलको १९ औं मिनेटमा एटलान्टाका थिमोथेले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । खेलको २२ औं मिनेटमा इमिलियानो रिगोनीले गोल गर्दै एटलान्टालाई २ - १ को अग्रता दिलाए । ३८ औं मिनेटमा रिगोनीले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई ३ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो । खेलको ६० औं मिनेटमा एलेसान्ड्रो फ्लोरेज्नीले गोल गर्दै खेल ३ - २ को अवस्थामा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा कोस्टास मनोलासले गोल गरेपछि खेल ३ - ३ को बराबरीमा सकियो ।
यो बराबरीसंगै रोमाले २ खेलबाट ४ अंक जोडेको छ । एटलान्टाले पनि २ खेलबाट ४ अंक नै जोडेको छ ।