एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् ।
कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चरले वेष्ट इन्डिजसँगको दोस्रो टेष्ट गुमाउने भएका हुन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले उनले दोस्रो टेष्ट गुमाउने पुस्टि गरेको छ ।
आर्चरले बुधबार नियम उलंघन गरेको बताईएको छ । उनको स्थानमा अन्य खेलाडी भने ल्याईएको छैन ।
कोरोना भाईरसको कारण सिरिज जैविक रूपमा सुरक्षित बनाउन टेष्ट बन्द रंगशाला भईरहेको छ ।
जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चरले माफी समेत मागेका छन् ।
'मैले गरेको कामको लागि म अत्यन्त दु:खी छु,' आर्चरले एक विज्ञप्तिमा भनेका छन्, 'मेरो मात्र हैन । सम्पूर्ण टिम र व्यवस्थापनलाई खतरा हुन्छ । मैले दुवै टिमलाई निराश बनाएको छु ।'
अब आर्चर पाँच दिनको आईसोलेसनमा बस्ने छन् ।