एजेन्सी । न्युजिल्यान्ड क्रिकेट टिमका शीर्ष खेलाडीहरु आगामी हप्ताबाट प्रशिक्षणमा फर्किने भएका छन् ।
कोरोना भाईरसको कारण लामो समयबाट बन्द रहेको क्रिकेट टिमको प्रशिक्षण अर्को साताबाट सुरु गर्ने भएको हो ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले आगामी साताबाट लिङ्क्लोन शहरमा टिमका शीर्ष खेलाडीलाई अभ्यासमा फर्काउन लागिएको जनाएको छ ।
'न्युजिल्यान्डका शीर्ष पुरुष र महिला क्रिकेटर लिङ्क्लोन शहरमा रहेको न्युजिल्यान्ड क्रिकेट उच्च प्रदर्शन केन्द्रमा यसै हप्ताबाट अभ्यास सुरु गर्ने छन्,' बोर्डले एक विज्ञप्तिमा भनेको छ ।
न्युजिल्यान्ड कोरोनाबाट सर्वाधिक कम प्रभावित देश हो । जसमा करिब १५ सय संक्रमित देखिएको छ भने १४ सय निको भएका छन् ।
न्युजिल्याण्डमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ रहेको छ ।
'दक्षिण तटीय र विलिङ्ग्टनमा रहेका पुरुष क्रिकेटर र महिला क्रिकेटरले क्याण्टर्बरी हबमा अभ्यास गर्ने छन्,' विज्ञप्तिमा लेखिएको छ, 'यस्तै दोस्रो चरणमा उत्तरी खेलाडीहरु बे ओभलमा जुलाई १९ देखी सुरु गर्ने छन् ।'