काठमाडौं । न्यु स्टार क्लब बिर्तामोडले तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
सोमबार कर्ण सिंह सोनम ताप्लेजुङलाई अतिरिक्त समयमा १–० गोलको झिनो अन्तरले पराजित गर्दै न्यु स्टारले सेमिफाइनल यात्रा तय गरेको हो ।
वर्षाको कारण हिलाम्मे भएको मैदानमा न्यु स्टारलाई जित दिलाउन रोमन भुजेलले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए ।
अब सेमिफाइलनमा न्यू स्टारले याम्रोज क्लब मोरङ्ग र चर्च ब्बाइज युनाइटेडबीचको विजेतासंग खेल्ने छ ।