एजेन्सी । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान छोटो समयमा ठुलो सफलता हात पार्न सफल खेलाडी हुन् ।
आफ्नो बलिङ भेरियसनका कारण उनले छोटो समयमा विश्वका दिग्गज बलरको रुपमा स्थापित भए ।
क्रिकेटका जानकारहरु राशिदलाई पूर्व पाकिस्तानी कप्तान साहिद अफ्रिदीसँग तुलना समेत गर्ने गरेका छन् ।
हालै अफगानिस्तानका स्टार राशिदले एक अन्तर्वार्तामा आफ्नो देशले विश्वकप जितेपछि मात्र विवाह गर्ने योजना बनाएको बताएका छन् ।
'अफगानिस्तानले एक पटक विश्वकप जितेपछी म विवाह गर्ने छु,' राशिदले आजादी रेडियोमा भने ।
राशिद हाल आईसीसी टी-ट्वान्टी बलरको पहिलो स्थानमा रहेका छन् ।
राशिदले अफगानिस्तानबाट ७ टेष्ट, ६७ एकदिवसीय अन्तराष्ट्रिय र ४८ टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।