एजेन्सी । भारतले यस वर्षको अन्तिममा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ ।
आगामी डिसेम्बरमा भारतले अष्ट्रेलिया भ्रमण गर्ने पक्का भएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले टिमले अष्ट्रेलिया भ्रमण गर्ने पक्का भएको बताएका छन् ।
'हामीले अष्ट्रेलिया भ्रमण पक्का गरेका छौं । हामी डिसेम्बरमा जाने छौं,' गांगुलीले इण्डिया टुडेमा भने, 'मात्र क्वारेन्टिन समय कम गराउन सक्ने आशा हामीले गरेका छौं । किनकि खेलाडी दुई हप्ता एक होटलमा बस्न चाहदैनौं । यो निकै कठिन र निराशाजनक हुनेछ ।'
अष्ट्रेलियामा भारतले घरेलु टोलीसँग डिसेम्बरबाट जनवरीसम्म टेष्ट सिरिज खेल्नेछ ।
अष्ट्रेलियामा कोरोना भाईरस संक्रमित ९ हजार रहेका छन् । यस्तै १ सय ६ जनाको मृत्यु भईसकेको छ।