एजेन्सी । पाहुना टोली वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो इनिङ्समा इंग्ल्यान्डले खराब ब्याटिङलाई कायमै राखेको छ ।
साउथह्याम्पटनको एजेस बाउलमा चौंथो दिनको खेल सकिदा शनिबार इंग्ल्यान्डले ८ विकेट गुमाएर २ सय ८४ रन जोडेको छ ।
चौंथो दिनको खेल सकिदा इंग्ल्यान्डले १ सय ७० रनको अग्रता बनाएको छ ।
इंग्ल्यान्डका लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे ।
वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ३ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २/२ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ४ रन जोड्दा अलआउट भएको थियो ।
यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो ।
वेष्ट इन्डिजका लागि क्रेइग ब्रेथवेट र शेन डोवरीचले अर्धशतकीय इनिङ्स खेले । ब्रेथवेटले ६५ रन जोड्दा डोवरीच ६१ रन बनाएर आउट भए ।
यस्तै रोस्टन चेसले ४७ तथा शाम्रह ब्रुक्सले २९ र जोन क्याम्पबेलले २८ रन जोडे ।
इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसनले ३ तथा डम बेसले २ विकेट लिए ।