एजेन्सी । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट भएको छ ।
साउथह्याम्पटनको एजेस बाउलमा जारी टेष्टको दोस्रो दिन बिहीबार इंग्ल्यान्ड २ सय ४ रन जोड्दा अलआउट भएको हो ।
१ विकेटको क्षतिमा ३५ रनबाट दोस्रो दिनको खेल थालेको इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए ।
यस्तै इंग्ल्यान्डका लागि जोस बट्लरले ३५ रन जोड्दा डोम बेसले अविजित ३१ रन बनाए । रोरी ब्रुन्सले ३० तथा जोइ डेन्लीले १८ रन बनाए ।
वेष्ट इन्डिजका कप्तान जासन होल्डरले ४२ रन खर्चिएर ६ विकेट लिए । शानोन गार्ब्रियलको नाममा ४ विकेट रह्यो ।
यस खेलसँगै कोरोना भाईरसको महामारीको कारण मार्चबाट रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि फर्किएको छ ।