काठमाडौं । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटका लागि इंग्ल्यान्डका युवा क्रिकेटर म्याक्स डेभिड एडवार्ड होल्डेनलाई अनुबन्ध गरेको छ ।
चितवनले सोमबार सामाजिक संजाल फेसबुकबाट इपीएल क्रिकेटको लागि इंग्ल्यान्डका पुर्व यू-१९ टोलीका कप्तान होल्डेनलाई अनुबन्ध गरेको जनाएको छ ।
फस्ट क्लास क्रिकेट खेलिसकेका २० बर्षिय ब्याट्सम्यान होल्डेनले यू-१९ विश्वकप खेलिसकेका छन् । सन् २०१६ को यू-१९ विश्वकपमा होल्डेन इंग्ल्यान्डको मुख्य खेलाडी थिए ।
यस्तै चितवनले इपीएल क्रिकेटको लागि न्युजिल्यान्डका क्रिकेटर जेम्स फुलरलाई पनि अनुबन्ध गरेको जनाएको छ । २८ बर्षिय अलराउन्डर फुलर न्युजिल्यान्डका पुर्व यू-१९ क्रिकेट टोलीका सदस्य पनि हुन् ।